मुखिया परिवारलाई गैरआवासीय मधेसी संघको आर्थिक सहयोग

जनकपुरधाम । गैरआवासीय मधेसी संघ साउदी च्याप्टरले धनुषाका एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।
धनुषा जिल्लाको मुखियापट्टि मुसरनीया गाउँपालिका–५ बैरिया बस्ने स्थानीय सुकन मुखियाको परिवारलाई आर्थिक सहायता आवश्यक रहेको बेला गैरआवासीय मधेसी संघले ३९ हजार रुपैयाँ सहयोग पठाएको हो ।

मुखिया परिवारमा ५ जना बालबच्चा र वृद्धवृद्धासमेत रहेकोमा दैनिक जीवनयापनमा कठिनाई भएको बेला गैरआवासीय मधेसी संघका साउदीअरब सचिव तथा कमला नगरपालिका–३ बस्ने गोपाल मण्डलको पहलमा ३९ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
साउदीको अरबियन फाँल कम्पनीमा कार्यरत नेपाली कामदारहरूले १–१ पैसा जम्मा गरेर मुखिया परिवारलाई सहयोग गरेको हो । उनीहरूले पठाएको सहयोग मुखिया परिवारलाई मंगलबार हस्तान्तरण गरिएको थियो ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत संस्थापक अध्यक्ष रहेका गैरआवासीय मधेसी संघले मधेसी समुदायलाई परेको बेला सहयोग गर्दै आएको हो ।

प्रतिक्रिया