पर्सा । बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसर पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौतामा रहेको रैनी झैनी मठमा मन्दिर निमार्णको कार्य सुरु भएको छ ।
केन्द्र सरकारका पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच विधिवत रूपमा पूजापाठ गरी नयाँ शिव मन्दिर निर्माणको लागि शिलान्यास गरेका छन् ।
साथै रुद्राक्षको वृक्ष रोपेर वृक्षरोपण गरेका थिए । वर्षौंदेखि स्थानीयले अतिक्रमम गरी खेतीपाती गर्दै आइरहेको जमिन अतिक्रमणमुक्त गराई खाली गराएको करिब १५ बिघा ऐलानी जग्गामा १० हजार बिरुवा रोपिएको छ ।
रैनीझैनी मठमा शंकर भगवान्को मन्दिर निर्माणका लागि शिलान्यास गर्दै ऐलानी जग्गामा विभिन्न प्रजाातिका १० हजार वटा बिरुवा रोपिएको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको निर्देशनमा वडा–२ का वडाअध्यक्ष नेपाली कुशवाहनले वैशाख महिनामा जग्गा अतिक्रमण मुक्त गराई चारैतिरबाट आफ्नो नियन्त्रणमा लिएका थिए । समृद्धिका लागि वन परियोजनाअन्तर्गत बजरंग हरियाली वन व्यवस्थापन समूह जगरनाथपुरले आयोजना गरेको शिव मन्दिरको शिलान्यास तथा वृक्षरोपण कार्यक्रममा साल, सपेता, सिसौ, अमला, जामुन, आँप अमरुद लगायतका प्रजातिका विरुवाहरू रोपिएको छ ।
गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कर्ण, इलाका वन कार्यालय वसन्तपुरका बनअधिकृत सुमन पाण्डे, गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया