मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

जनकपुरधाम । धनुषामा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा १ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल चालक सहिदनगर नगरपालिका–४ ननुपट्टीका १८ वर्षीय अख्तर राइन छन् ।

सोमबार साँझ धनुषाको महिनाथपुर–वीरेन्द्रबजार सडकखण्डको सहिदनगर नगरपालिका–३ यदुकुहास्थित यदुकुहाबाट हठिपुरतर्फ गइरहेका साइकल यात्री अख्तरलाई तीव्र गतिमा रहेको मधेस प्रदेश ०२–००६ प ८५७५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते अख्तरको उपचारका लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सहिदनगर नगरपालिका–३ यदुकूहाका १९ वर्षीय असरफ आलम गम्भीर घाइते भएका छन् । मृतक अख्तरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया