काठमाडौँ । झापाका राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११औँ चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंकसहित उपाधि जितेका हुन् । देशका उत्कृष्ट १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्वाधिक ८ अंकसहित राजन च्याम्पियन भएका हुन् । राजनले ७ जित, २ बराबरी र २ हारको नतिजा निकाले ।
३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औँ चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् । त्यसैगरी झापाकै सुश्रुत दाहाल र पूर्व नेपाल च्याम्पियन क्षितिज भण्डारी दोस्रो र तेस्रो स्थानमा रहेर ओलम्पियाडको यात्रा तय गरे ।
समान ७ दशमलव ५ अंक भए पनि क्षितिज टाई ब्रेकरमा सुश्रुतसँग पछाडि परेका थिए । सुश्रुतले फाइनल चरणको खेलमा पुरुषोत्तम सिलवाललाई पराजित गरे भने क्षितिजले दोलखाका राजीव कार्कीलाई हराएका थिए ।
नेसनल च्याम्पियनसिपबाट शीर्ष ३ पुरुष र उत्कृष्ट ४ महिला खेलाडी ओलम्पियाडको लागि छनोट भएका हुन् । महिलातर्फ अन्तिम चरणको खेलमा कृति सारा अधिकारीसँग पराजित भएता पनि ९ अंकसहित दोस्रोपटक नेपाल च्याम्पियन हुन सफल भइन् ।
सिन्दिरले ११औँ चरणसम्मको खेलमा ८ खेलमा सफलता हात पारे भने २ खेलमा हार बेहोरेका थिए । झापाका कृति सारा अधिकारी उपविजेता र कास्कीका पूजा भण्डारी तेस्रो भइन् । शान्ति धिमाल चौथो स्थानमा रहेर ओलम्पियाडको लागि स्थान बनाउन सफल भइन् ।
लुम्बिनी इभेन्ट म्यानेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको र समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरे ।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रालि भक्तपुर, ओम क्वालिटी फाइबर ग्लास एन्ड ग्रिल मेटल इन्ड प्रालि कीर्तिपुर काठमान्डु, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एन्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन् ।
प्रतिक्रिया