सम्पदाको पुनर्निर्माण पुरातन शैलीमै गर्नुपर्छ : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ ले सम्पदाको पुनर्निर्माण पुरातन शैलीमै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा मेयर शाहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्ने बताए ।

उनले पुरानो शैलीमा सम्पदाहरट्कोठ पुनःनिर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए । मेयर बालेनले महानगरपालिकाभित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए ।

मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरूसँग आग्रह गरे । महानगरपालिकाले सम्पदा पुनःनिर्माणका लागि एकैपटक सबै बजेट माग्दा दिँदैन कि भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका काम एकैपटकमा सम्पन्न गर्नेगरी गर्न आग्रह गरे ।

प्रतिक्रिया