दिल्लीको प्ले अफ सम्भावना जीवितै

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटलको प्ले अफमा प्रवेशको सम्भावना कायम नै रहेको छ । मंगलबार भएको खेलमा शीर्ष स्थानमा रहेकोे राजस्थान रोयल्सलाई २० रनले हराएपछि अंक तालिकाको समीकरण अझ, रोचक बनेको छ । शीर्ष स्थानका कोलकाता नाइट राइडर्स र राजस्थानको समान १६ अंक छ भने तेस्रोदेखि छैटाँै स्थानमा रहेका टोलीको मंगलबारको खेल सकिँदा १२ अंक भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा दिएको १२२ रनको चुनौती पूरा गर्न नसक्दा राजस्थान असफल भएकोे हो । पूरै ओभर खेल्दै राजस्थान ८ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो ।

१२ खेल खेलेको दिल्लीले ६ खेल गुमाउँदै १२ अंक जोडेको हो । दोस्रो स्थानमा रहेको राजस्थान भने १६ अंकका साथ यथावत छ । उसले ११ मा ३ वटा मात्र खेल गुमाएको छ । दिल्लीको जितका लागि ओपनर जेक फ्रेजर म्याकगुर्क र अभिषेक पोरेलले अर्धशतक पूरा गरे । जेकले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । अभिषेकले भने ३६ बल खेल्दै ६५ रन बनाए ।

दिल्लीका लागि ट्रिस्टन स्टब्स ४१, गुलबदिन नायब १९ रनमा आउट हुँदा कप्तान ऋषभ पन्त र अक्षर पट्टेलले समान १५–१५ रन जोडे । राजस्थानका लागि रविचन्द्रन आश्विनले एक्लै ३ विकेट लिए । आवेश खान, सन्दीप शर्मा र युजवेन्द्र चहलले १–१ विकेट हात पारे ।

दिल्लीले दिएको २२२ रनको चुनौती पछ्याएको राजस्थानको ओपनिङ राम्रो नहुँदा खेल गुमाउन पुगेको हो । राजस्थानका ओपनर यशस्वी जैसवाल र जोस बटलर सस्तैमा समेटिए । जैसवाल २ बल खेल्दै ४ रन बनाएर आउट हुँदा बटलरले १७ बल खेल्दै १९ रन जोडे । उसका लागि कप्तान सञ्जु सैमसनले सानदार अर्धशतक बनाए । ४६ बल खेलेका उनले ८ चौका र ६ छक्काको मद्दतमा ८६ रन पूरा गरे पनि त्यो जितका लागि पर्याप्त भएन । रियान पराग २७ रन जोडेर आउट हुँदा शिवमन दुवेले २५ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा राजस्थान २०१ रनमा समेटिएको हो ।

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका लागि खलील अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २–२ विकेट हात पारे । रसिक सलाम र अक्षर पट्टेलले समान १–१ विकेट लिए ।

प्रतिक्रिया