पृथ्वी दिवसमा सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बैंकले यस दिवसको अवसरमा सरसफाइ र चित्रकला प्रतियोगिताजस्ता कार्यक्रमहरू आयोजना गरेको हो ।

स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराई भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको बैंकले जनाएको छ ।

बैंकले सरसफाइ कार्यक्रमअन्तर्गत देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

साथै, बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूको बारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘प्लानेट भिएस प्लास्टी’ मा चित्रकला प्रतियोगितासमेत आयोजना गरेको थियो ।

प्रतिक्रिया