दुल्लुमा नबिल बैंकको शाखा

दैलेख । नबिल बैंकले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८औँ शाखाका रूपमा दैलेखको दुल्लु नगरपालिकामा शाखा विस्तार गरेको जनाएको छ । योसँगै नबिल बैंकले दुल्लु नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रूपमा सेवा दिन सफल भएको जनाएको छ ।

दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधि, स्थानीय उद्यमी, व्यवसायी र सरोकारवालाको उपस्थितिमा गएको शुक्रबार उक्त शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ ।

प्रतिक्रिया