उखुखेती प्रवर्द्धनमा दि नेपाल डिस्टिलरिज

काठमाडौं । दि नेपाल डिस्टिलरिज प्रालिले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा उखुखेतीको प्रवद्र्धन गर्न विशेष पहल सुरु गरेको छ । मधेस प्रदेशको मुख्य नगदेबाली उखुखेतीको प्रवद्र्धन र यसप्रति किसानको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि डिस्टिलरिजले यस्तो पहल थालेको हो ।

दि नेपाल डिस्टिलरिजको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा केही समयअघि धनुषामा उखु खेती प्रवद्र्धनका लागि सीमान्तकृत समुदायका कृषकहरूको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल डिस्टिलरिजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत सिरहा, सप्तरी, महोत्तरी र धनुषाका अगुवा किसानहरूलाई उखु खेती प्रवद्र्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया