सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले युवा पुस्ताहरूलाई मध्यनजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । नयाँ ढंगले सेवाग्राहीलाई सहायता पु¥याउने उद्देश्यका साथ कार्यक्रमहरू तयार पारेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रमहरू भविष्यका लागि जीवन बीमा र लगानीको महत्त्वबारे बुझाउने र युवावर्ग आकर्षित हुने खालका हुने कम्पनीले बताएको छ । नेपालको जीवन बीमा कम्पनीहरू मध्ये कान्छो कम्पनीमा पर्ने सिटिजनमा कार्यरत कर्मचारीहरू पनि धेरैजसो युवा उमेर समूहकै भएको बताएको छ । कम्पनीले सधै जोश र जाँगरका साथ नयाँ र आक्रमक रणनीति लिएर व्यापार प्रतिष्पर्धामा उच्च स्थान हासिल गर्दैै आएको कम्पनीले दावी गरेको छ ।

पछिल्लोे समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियानअन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनलगायत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलीको सुरुआत गर्ने पहिलो कम्पनी हो । अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यस क्रमलाई अझै सक्रिय र अप टु डेट बनाउने प्रयासमा छ । जसका लागि कम्पनीको व्यवस्थापन समूहले अनुसन्धान, विकास र प्राविधिमा लगानी बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया