एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र युनाईटेड अरब इमिरेट्स (यूएई) बीच सेमिफाइनलमा प्रतिस्पर्धा हुँदै छ । ओमानमा जारी उक्त खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे अलअमरेत क्रिकेट ग्राउन्ड– १ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो भने युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो ।

ओमानसँग युएई ९ विकेटले हारेको थियो । आजै हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता ओमानले समूह ‘ए’ को उपविजेता हङकङसँग खेल्नेछ। सो खेल सवा ४ बजे सुरु हुनेछ ।

प्रतिक्रिया