घरमा ठोक्किएर चितवनमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना २२ प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

यसैबीच जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा एक जना महिलाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

गए राति मलंगवा नगरपालिका–१, भेडियाहीमा मोटरसाइकलको ठक्करबाट ठक्करबाट सोही स्थानकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । दुर्घटना लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्लाको रामनगर गाउँपालिका–५, बिर्ता टोलस्थित हुलाकी सडकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । मलंगवाबाट बलरातर्फ जाँदै गरेको ज १ झ ४११ नम्बरको एम्बुलेन्सले भारतीय दर्ता नम्बरको बिआर ३० एफ ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका एम्बुलेन्स, मोटरसाइकल र एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन् ।– रासस

प्रतिक्रिया