जलिरहेको अवस्थामा एक युवतीको बरामद

जनकपुरधाम । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति २३ वर्षीय युवतीको शव जिलरहको अवस्थामा धनुषा प्रहरीले बरामद भएको हो ।

धनषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिइएको हो । शव महोत्तरीको मनरासिसा नगरपालिका–२ की २३ वर्षीया मप्रियंका महतोको रहेको डिएसपी अवाले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका गरिएको छ । यधपी पोस्टमार्टम रिपोर्ट र अनुसान्धान पश्चात् मात्र केही भन्न सक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया