पर्सा । पर्साको धोबिनी र सखुवाप्रसौनी गाउँपालिका छुट्टाछुट्टै ठाउँमा आगलगी हुँदा ६ वटा घर जलेर ४५ लाख बराबरको धनमाल क्षति भएको छ ।
धोबिनी गाउँपालिका–५ जगरनाथपुर नवकाटोलामा बुधबार दिउँसो करिब २ बजे आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएका छन् । विद्युत सर्टसर्किट भएका कारण रहमत देवान, सम्साद देवान अमजत देवान, रजाक देवानको फुसको घर जलेर पूर्णरूपले नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवलदार रामकुमार साहले जानएका छन् ।
आगलागीमा घरभित्र रहेको फर्निचर, धान, चामल, गहुँ, दाल, भाँडाकुडा लत्ताकपडा, गरगहना लगायततका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार आगलागीमा अनुमानित २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी सखुवाप्रसौनी गाउँपालिका–२ जमुनिया गाउँमा मंगलबार राती आगलागी हुँदा २ वटा घरसहित घरमा रहेको खसीबाख्रासमेत जलेर नष्ट भएको छ । आगलागीमा रफ मियाँ धुनिया, मनिफ मियाँको घरमा रहेको मोटरसाइकल, २ थान साइकल, फर्निचर, अनाज, कपडा, खद्यान्न लगायतको करिब २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रनी रामराजा केशरीले जनाएका छन् ।
अग्नीपीडितलाई नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका उपकोषाध्यक्ष सलाउदिन अहमदले राहत सामग्री वितरण गरेका छन् । साथै अग्निपीडितलाई धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहान, उपाध्यक्ष प्रतिनिधि श्यामकिशोर पटेल, वडा अध्यक्ष मनाउर मियाँ, राजकिशोर पटेल, लगायतको टोलीले खद्यान्न, कपडा, भाँडाकुँडा लगायतका राहत सामग्री वितरण गरेका छन् ।
पर्सा
प्रतिक्रिया