लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुदृढ बनाउँदै आर्थिक वर्ष ०७९/०८० सम्मको सवारीसाधन कर्जा तथा आवासीय कर्जाअन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पिसिएएफ)सँग २०२१ देखि आबद्व हुँदै आएको छ । पिसिएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरूमार्फत उत्सर्जन हुने हरितगृह ग्यासको मूल्यांकन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्दछ ।

लक्ष्मी सनराइजको प्रकाशित विवरणले बैंकको सवारीसाधन कर्जा र आवासीय कर्जामार्फत गत आर्थिक वर्ष (१६ जुलाई २०२३) सम्म कुल १५ हजार ९६५.११ टन बराबर कार्बनडाइअक्साइड उत्सर्जन गरेको देखाएको छ । जसमध्ये सवारीसाधन कर्जामार्फत ३ हजार ६४४.५१ टन र आवासीय कर्जामार्फत १२ हजार ३२०.६० टन कार्बन उत्सर्जन भएको छ । आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाएको बैंकले जनाएको छ ।

प्रतिक्रिया