वार्षिकोत्सवमा सिटिजन्स बैंकको छुट योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि लागू हुने गरी विभिन्न सेवा–सुविधामा भारी छुट र क्यासब्याक लगायतका योजना सार्वजनिक गरेको हो । सो योजनाअन्तर्गत डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पिओएस मेसिन र अनलाइनमार्फत एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ ।

यसैगरी, सिटिजन्स स्मार्टमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि पनि पाँच सय रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यासब्याक प्रदान गरिने बताइएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम ई–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा ई–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ । योजना अवधिभर बैंकले निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्थासमेत गरेको छ । योजना अवधिभर निष्क्रिय मोबाइल बैंकिङ ग्राहकलाई सेवा सक्रिय गर्दा एकमुस्ठ १५० रुपैयाँ छुट हुनेछ ।

प्रतिक्रिया