चेन्नाईको सानदार जित

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)मा कलकत्ता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सले प्ले अफको सम्भावना बलियो बनाएका छन् । आइतबार राती भएको खेलमा चेन्नाईले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बईले चेन्नाइसँग २० रनले हारेको हो ।

२०७ रनको लक्ष्यको पछ्याएको मुम्बईले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । ईशान किसनले २३, तिलक बर्माले ३१ र टिम डेभिडले १३ रन बनाए । अरू कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा मुम्बई चेन्नाईसामु निरीह भयो । मुम्बईलाई रोक्न चेन्नाईका मतिशा पाथिरना एक्लैले जम्मा २८ रन खर्चेर ४ ओभरमा ४ विकेट लिए । तुसार देश पाण्डे र मुस्ताफिजुर रहमाले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले चार विकेट गुमाएर २०६ रन बनाएको थियो । रुतुराज गायकवाडले ६९, शिभम दुबेले ६६ रनको योगदान गरे । रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र मिचेलले १७ रन बनाए । मुम्बईका हार्दिक पाण्डेले २, गेर्राड कोट्जी र श्रेयस गोपालले १–१ विकेट लिए । यो खेल जितेसँगै चेन्नाई तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई आठौँ स्थानमा रहेको छ ।
चेन्नाईलाई जित दिलाउने क्रममा महेन्द्र सिंह धोनीले अन्तिम ४ बलमा २० रन प्रहार गरे । यस सिजनमा सानदार प्रदर्शन गरिरहेका शिभम दुबेले मुम्बईसँगको खेलमा पनि ३८ बलमा ६६ रन प्रहार गरेका थिए ।

आइपिएल इतिहासका सबैभन्दा सफल यी २ टोलीको खेलमा स्टार बलर जसप्रित बुमराहले ४ ओभरमा २७ रन मात्र खर्चेका थिए । पछ्याउन सहज लक्ष्यको आसमा रहेको मुम्बईलाई दुबे र धोनीले धक्का दिएपछि अर्को पारीमा पाथिरना जमेका हुन् । उनले आफ्नो पहिलो ओभरमा नै २ विकेट लिएका थिए ।

त्यसका बाबजुद अन्तिम ७ ओभरमा ८३ रन चाहिएको अवस्थामा मुम्बईको हातमा ८ विकेट अझै बाँकी थियो । त्यसपछि चेन्नाईका सिमरले खेलको दिशा नै बदलिदिएका थिए । रोहितले शतक त प्रहार गरे परन्तु १३औँ देखि १८औँ ओभरको बीचमा १४ बलको सामना गरेका रोहितले १४ रन मात्र प्रहार गरे ।

सुरुका रहनेलाई बुमराहको सामना गर्न ब्याटिङ गर्न पठाएको मुम्बईका लागि कायट्जेले उनलाई दोस्रो ओभरमा आउट गरेपछि कप्तान गाइक्वाड ब्याटिङका लागि तयार भएका थिए । दुबेले हार्दिक पाण्डे र रोमारियो सेफर्डलाई रन प्रहार गरिरहेको समयमा छिटो पारीको सुरुआत गरेका गाइक्वाड भने बीचमा केही समय सुस्ताएका थिए ।

यसअघि आरसिबीसँगको खेलमा १९६ रन १५ दशमलव ३ ओभरमा पूरा गरेको मुम्बई यस लक्ष्य पनि पार गर्ने बाटोमा देखिएको थियो । पाथिरन आउनुअघि मुम्बईले विना कुनै विकेटको क्षति ७ ओभरमा ७० रन जोडेको थियो । ईशान किसन २३ बलमा आउट भए पछि २ बलमै सूर्य कुमार यादव पनि आउट भएका थिए ।

मिडिल ओभरमा रवीन्द्र जडेजाले ४ ओभरमा ३७ रन खर्चे पनि पाथिरान बलिङ गर्न नआएसम्म अन्य बलरलाई रोहितले रन बटुलिरहेका थिए । पाथिरनाले बलिङ सुरु गरे पछि पाण्डे र शार्दुल ठाकुरले पनि राम्रो बलिङ गर्दै चेन्नाईलाई जित दिलाए ।

आइतबार भएको अर्को खेलमा कलकत्ता नाइट राइडर्स (केकेआर)ले लखनउ सुपर जाइन्ट्स (एलएसजी)लाई पराजित गरेको छ ।
कलकत्ताको जारी सिजनमा यो चौथो जित हो । सिजनको २८औँ खेलमा आइतबार कलकत्ताले लखनउलाई ८ विकेटले पराजित गरेको हो । इडेन गार्डेन रंगशालामा भएको खेलमा कलकत्ताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । जवाफमा कलकत्ताले १५ दशमलव ४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । लखनउमाथि कलकत्ताको यो पहिलो जितसमेत हो ।

कलकत्ताका फिल साल्टले २६ बलमा अर्ध शतक बनाए । यो सिजनमा उनको यो दोस्रो अर्धशतक हो । यो उनको आइपिएल करियरको चौथो अर्धशतक हो । उनी ४७ बलमा ८९ रनसहित अविजित रहे । यस्तै कप्तान श्रेयस ऐयर ३८ रनमा नटआउट रहे । लखनउका मोसिन खानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । एलएसजीका लागि बायाँ हाते ब्याट्सम्यान निकोलस पूरणले सर्वाधिक रन बनाए । उनले ३२ बलमा ४५ रनको इनिङ खेले । उनका अलावा कप्तान केएल राहुलले ३९ र आयुष बडोनीले २९ रन बनाए । कलकत्ताका लागि मिचेल स्टार्कले ३ विकेट लिए । वैभव अरोरा, आन्द्रे रसेल, वरुण चक्रवर्ती र सुनिल नारायणले १–१ विकेट लिए ।

प्रतिक्रिया