राइनास बहुप्राविधिक शिक्षालयमा सर्ट म्याराथन सञ्चालन हुँदै

लमजुङ । लमजुङको राइनास नगरपलिकामा रहेको राइनास बहुप्राविधिक शिक्षालयमा सर्ट म्याराथन सञ्चालन हुने भएको छ । हरेक वर्षको वैशाख १ गतेदेखि ७ गतेसम्म वन्यजन्तु सप्ताह मनाइँदै आएको छ ।

यसै अवसरमा राइनास– ८ मा रहेको राइनास बहुप्राविधिक शिक्षालयको वन विज्ञान संकायमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा वैशाख ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु सञ्चालन हुन लागेका हुन् ।

‘वन्यजन्तुको संरक्षण, पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ मनाइन लागिएको यस कार्यक्रमको प्रमूख उदेश्य जनमानसमा वन्यजन्तुको महत्व र उनीहरुको अवस्थाबारे जानकारी दिने, वनयजन्तुलाई कसरी बचाउन सकिन्छ भन्ने रहेको छ ।

सोही अवसरमा शिक्षालयले स्थानीय पर्यावरण र स्वास्थ्यलाई समृद्धि गराउन साथै वन्यजन्तु जोगाउन भन्दै खुल्ला छोटो म्याराथन, अन्तर विद्यालय चित्रकला प्रतियोगिता, र्याली सडक नाच, नाटक र हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको हो ।

शिक्षालयको वन विज्ञान संकायमा अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा हुन लागेका यस कार्यक्रममा राइनास नगरपालिका, राइनास वडा नम्बर ८ को कार्यलय, फ्रन्ड अफ नेचर, डिभिजन बन कार्यलय लमजुङको सहयोग रहेको शिक्षालयका प्रशिक्षक सुजता श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया