एसीसी प्रिमियर कपमा कतारविरुद्ध टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेटअन्तर्गत आज नेपालले समूह ‘ए’ का आफ्नो दोस्रो खेलमा टस जितेर कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमानमा जारी आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै जित सुरुवात गरेको थियो । आज पनि कतारलाई हराउँदै नेपालले लगातार दोस्रो जित हात पार्ने दाउमा रहने छ । उक्त खेल अब केही बेरमा सुरु हुँदै छ ।

शुक्रबार टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा नेपाललाई जितका लागि १४४ रनको लक्ष्य दिएको थियो । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपालका स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित सुरुवात गरेको हो । आज नेपालको दोस्रो खेल कतारसँग ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रतिक्रिया