यी साहित्यिक पात्र जो बिर्सिदैनन्

कुनै पनि साहित्यिक पात्रको चर्चा कत्ति भन्ने चयन गर्ने कठिन काम हो । यो बस्तुवादी विषय होइन, विषयवादी हो । यसकारण पूर्णरूपमा निष्पक्ष नहुन पनि सक्छ । केही साहित्यिक विश्लेषकले त के पनि भन्ने गरेका छन् भने संसारमा सबै साहित्यिक पात्रभन्दा अझ बढी त चाल्र्स डिकेनका कल्पनाका प्रमुख ५० पात्र छान्न कठिन हुनेछ । तैपनि साहित्यिक समीक्षक ग्रेम ओलरले ५० जनाको चर्चा गरेका छन् । उनले छनोट गर्दा सेक्सपियरका पात्रको छनोट गरेका छैनन् । कारण उनले प्रस्ट पारेका छन् कि प्रमुख ५० साहित्यिक पात्रमा सेक्सपियरका नै ५० पनि हुन सक्नेछन् । उनले बाइबलमा पात्र यसमा समावेश गरेका छैनन् । उनले डा.सिसो र डिटोका बाल साहित्यलाई पनि यो सूचीमा समावेश गरेका छैनन् । त्यसो त उनले यो छनोटको प्राथमिकतामा आफ्नो विगत अनुभूति र आफ्नो धरातलले पनि काम गरेको स्वीकार गरेका छन् । न्युयोर्कमा हुर्किएर त्यही पढेको र बढेको आँखाले गरेको यो चयन धेरैलाई चित्त नबुझ्न सक्ने उनले स्वीकार गरेका छन् । उनले आफ्नो संस्कृतिले पनि काम गरेको स्वीकार गरेका छन् ।

५० मा अटाउने पात्रमा समलिंगी मबी डक र क्यानन डायलको सर्लक होम अटाएका छन् । यसै गरी, वाल्कर पर्सीको जादुमय पात्र बिंक बोलिंग पनि यो ५० को सूचीमा अटाए । प्याट्रिक बेटम्यानले पप संस्कृतिमा आधारित भएका कारण उनी पनि यो सूचीमा अटाए । इनिगो मानाटाये र ज गेट्स बाइ पनि चर्चामा रहेका ५० साहित्यिक पात्रको सूचीमा रहेका छन् । मनानो भिन आर्किमबोड्ली र माइकल भ्यालेन्टाइन स्मिथ पनि साहित्यिक पात्रको सूचीमा रहेका छन् ।


द साइलेन्स अफ ल्याम्ब फिल्मको रूपमा समेत चर्चित र सफल रह्यो । यसमा रहेका संवादका कारण हेनिबल लेक्चर चर्चामा रहेको पात्र हो । डायलका अर्का पात्र क्राउन्ट ड्राकुला र भिक्टर फ्रान्सटाइन अर्का त्यत्तिकै चर्चामा रहेका साहित्यिक पात्र हुन् । जोय क्रिसमस अर्को साहित्यिक पात्र हो ।

फ्रान्सिसको पोजको ब्लु एन्जल उपन्यासकी पात्र एन्जेला अर्गोलाई पढ्नेहरू धेरैले सम्झने गर्छन् । समीक्षकहरूले त यसै पात्रका कारण चलचित्र बनाए पनि सफल हुने अनुमान गरेका छन् । टम साइबरका हक्लेबरी फिनले गीत र संगीतमा चासो दिनेहरूका लागि सम्झने नाम हुन सक्छन् । फुटबलरको नाममा रहेको विगर थोमस अर्को साहित्यिक पात्र हुन् । यसले खेलकुद र अझ फुटबल मन पराउनेका लागि मन जित्ने नाम बनेको छ । स्पिकर फर द डेडकी प्रमुख पाँच जाने आयर अर्का चर्चायोग्य मात्र हुन् ।

विलियम गिब्सनका तीन पात्र छन् । उनको कृत्ति न्युरे म्यान्सरमा रहेका मेरी, फ्रान्सेस टेसर र अस्फुल तीनै जना सम्झनलायक नाम बनेका छन् । स्टेफन किंगको कृत्ति स्ट्यान्डका पात्र रान्डल फ्ल्याग त्यत्तिकै चर्चामा रहेको नाम हो ।

क्याच ट्वान्टी टु एउटा अनौठो कृती मानिन्छ । यसका हरेक वाक्य हास्यास्पद छन् । यसैका पात्र मिलो माइनडेन्बन्डर र मेजर यस सूचीमा रहेका छन् । सिन बाउडिनाको कृत्ति द म्यान विथ द गोल्डेन आर्मका पात्र फ्रान्की मिसिन पनि धेरैले सम्झने गर्छन् । भरुका साल्ट अर्को चर्चाको नाम हो । डेभिड कपरफिल्डको लेडी इन ब्ल्याककी पात्र युरिया हिप अर्की चर्चाकी पात्र हुन् । जेडे सालिंगरको कृत्ति द क्याचर इन द राइकी प्रमुख पात्र इस्टुकाय भाय यो सूचीमा अटाएकी छन् । ट्रिल्बिकको भेन्गाली अर्को चर्चामा रहने साहित्यिक पात्र हो । यो पात्र एसियामा पनि चर्चामा रहने गरेको जनाइन्छ । मानेरो स्टार अर्को चर्चाको नाम हो ।

फेरी अड प्यारेन्ट्स कार्टुनका पात्र अर्दर डिस माडेल अर्का चर्चाका पात्र हुन् । जोन डेललिलोको सबैभन्दा चर्चामा रहेको उपन्यास ‘ग्रेट जोन स्ट्रिट’ हो । यसको पात्र बक्की वन्डरलिक यो सूचीमा रहेका छन् । रामोना क्विम्बी यो सूचीको अर्को नाम हो । डिफोको पात्र रबिन्सन कुर्सो यस सूचीको अर्को नाम हो । ग्रेट एक्सपेक्टेसनकी मिस ह्यान्सिन धेरैले सम्झने साहित्यिक पात्र बनेकी छन् ।

प्रतिक्रिया