अञ्जलीले पैसाका लागि रुसी केटाको प्रस्ताव स्वीकारेपछि…

मुम्बई । ‘कच्चा बदम’ गर्ल अञ्जली अरोरा अहिले आफ्नो एमएमएस भिडियोका कारण चर्चामा छिन् । तर, उनले यो भिडियोमा आफू नभएको प्रष्ट पारेकी छन् । उनी भन्छन् कि आज मानिसहरुले युट्युब र सामाजिक सञ्जालमा भ्युजका लागि जे पनि गर्छन् र यो एमएमएस पनि त्यसैको एउटा हिस्सा हो ।

उनले आफ्नो नाम र अनुहार प्रयोग गरेर मानिसहरूले यो एमएमएस अञ्जली अरोराको हो भनिरहेका छन् तर यो सत्य नभएको दाबी गरेकी छन् । यसैबीच, अञ्जली अरोराको त्यो भिडियो फेरि एकपटक भाइरल भएको छ जसमा उनले रुसमा भएको घटनालाई उल्लेख गरेकी छन् ।

जसमा उनले पैसाको लागि होटल रिसेप्सनिस्टसँग पार्टी गरेको स्वीकार गरेकी थिइन् । अञ्जली अरोराले रुसमा रिसेप्सनिस्टको कथा सुनाएकी थिइन् । वास्तवमा कंगना रनौतको रियालिटी शो ‘लक अप’ मा आफूलाई सुरक्षित राख्न उनले आफ्नो एउटा गोप्य कुरा दुनियाँसँग सेयर गर्नुपरेको थियो । त्यसकारण अञ्जली अरोराले राष्ट्रिय टेलिभिजनमा यो कथा सबैसँग सेयर गरिन् ।

अञ्जलीले भनिन्, ‘म डिसेम्बरमा रसिया गएकी थिएँ । मेरो अहिलेसम्म कुनै सम्बन्ध छैन, केहि छैन । यो रिसेप्सनिस्टसँग एक आकर्षण मात्र थियो । मैले रिसेप्सनिस्टबाट पाँच हजार रुबल (रुसी मुद्रा) लिएको थिएँ । त्यो रात शनिबार पार्टी थियो र उसले मलाई यो पार्टीको लागि प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया