कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका उत्कृष्ट

लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिका कार्यसम्पादन मूूल्यांकनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन सूूचक नतिजामा ईश्वरपुर नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

नेपाल सरकारबाट आर्थिक वर्ष २०८१÷०८२ मा उक्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकन वापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचकवापत प्राप्त गरेको अंकको नतिजा सार्वजनिक गरेको हो । उक्त नतिजा अनुसार सबैभन्दा कम अंक विभिन्न राजनीतिक खिचातानीको सिकार बनिरहेको हरिपुर्वा नगरपालिका भएको छ । जहाँ प्रमुख प्रशासकीय अधिकृतको विवादले नगरपालिका नै अस्तब्यस्त बनिरहेको छ ।

हरिपुर्वाले २९ दशमलव ९९ अंक प्राप्त गरेको छ । त्यसैगरी दोस्रो स्थानमा ५५ दशमलव ६४ अंक प्राप्त गर्नेमा चक्रघट्टा गाउँपालिका रहेको छ भने, तेस्रोमा ५४ दशमलव ५६ अंकसहित गोडैता नगरपालिका, ५३ दशमलव ७५ सहित लालबन्दी नगरपालिका चौथो, ५३ दशमलव शून्य ९ अंकसहित बसबरिया गाउँपालिका पाँचौँ भएको छ ।

यसैगरी ५२ दशमलव ४९ अंकसहित बागमति नगरपालिका छैँठौँ, क्रमशः ५१ दशमलव ८७ अंकका साथ कौडेना गाउँपालिका सातौँ, ४९ शदमलव शून्य ६ प्राप्त गर्दै ब्रम्हपुरी आठौँ, ४८ दशमलव ७० अंकका साथ हरिवन नगरपालिका नवौँ, ४८ दशमलव ५२ अंकसहित पर्सा गाउँपालिकाले १०औँ स्थान प्राप्त गरेको छ ।

यसैगरी ४७ दशमलव ५७ बलरा, ४७ दशमलव २४ बरहथवा, ४७ दशमलव ११ रामनगर, ४६ दशमलव १७ विष्णु गाउँपालिका, ४५ दशमलव ८५ सदरमुकाम मलंगवा, ४४ दशमलव ६३ धनकौल, ४३ दशमलव ७८ कबिलासी, ४३ दशमलव २७ हरिपुर नगरपालिका प्राप्त गरी त्रमशः ११आँै देखि १८औँ भएका छन् भने ३५ दशमलव ५२ अंक प्राप्त चन्द्रनगर गाउँपालिका १९औँ भएको छ ।

प्रतिक्रिया