समुदायको संरक्षण र संवर्द्धन गर्न ‘गुरुङ समाज जापान’को प्रथम अधिवेशन हुँदै

काठमाडौं । आगामी वैशाख ३० गते (१२ मे) मा ‘गुरुङ समाज जापान’ को प्रथम अधिवेशन हुने भएको छ । गुरुङ समाज जापानका तदर्थ कमिटीका सचिव मोती गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रिक मुलुकमा बहुजाती, बहुभाषीक, बहुधार्मिक र बहुसंस्कृतिक विविधताले सजिएको देशमा गुरुङ जातिको कला, संस्कार , भेषभुषा, रहनसहन, पराम्परा, भाषालगायत तमु जातीमा मात्र सीमित नभई देश तथा विदेशमा समेत परिचित रहेको र गुरुङ समुदायको संस्कार, संस्कृति र भेषभूषा देशकै गहना भएको बताए ।

सबैले कला संस्कारलाई संरक्षण गर्दै भावी पुस्तालाई समेत आफ्नो पहिचान हस्तान्तरण गर्नु पर्ने भन्दै उनले अबको युवा पुस्ताको प्रमुख कार्यभार हो भन्ने उदेश्यले जापानमा रहेका सम्पूण गुरुङहरुलाई समेट्दै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण गुरुङहरुलाई अपनत्व महसुस हुने गरी गुरुङ समाज जापानको प्रथम अधिवेशन गर्न लागेको तदर्थ कमिटी सचिव गुरुङले बताए ।

‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमुँ’ भन्ने कथनलाई प्रमुख नारा बनाएर टोकियोको मितो दे गोतान्दामा हुने ऐतिहासिक प्रथम अधिवेशनलाई भव्यताका साथ सफल पार्न सशक्त एवं जुझारू युवा युवराज गुरुङको संयोजकत्वमा तदर्थ कमिटी तय गरेको उनले जानकारी दिए ।

साथै विधान मस्यौदा समिति, प्रचारप्रसार समितिलगायत विभिन्न उपसमितिहरु बनाएर अधिवेशन भव्यताका साथ सफल बनाउन सबै लागिपरेको प्रचारप्रसार विभाग संयोजक प्रकाश कोके गुरुङले बताए ।

समाजको संख्या थप्न मात्र खोजेको नभई गुरूङ समाज जापानले निकट भविष्यमा आफ्नो लक्ष्य र उदेश्यलाई आत्मासात गर्दै गुरुङ समुदायको ‘प्ये ताँ ल्हु ताँ, भाषा, भेषभूषाको संरक्षण र संवर्द्धनमा जोड दिँदै, गैर गुरूङ नेपाली समुदायसँग समेत हातेमालो गर्दै एउटा उदाहरणीय कार्य गर्ने कार्यक्रम संयोजक युवराज गुरुङले जानकारी दिए । प्रथम ऐतिहासिक अधिवेशन भव्यताका साथ सफल पार्न सबै जापानवासी तमुहरुलाई आयोजक गुरुङ समाज जापानले अनुरोध गरेको छ ।

प्रतिक्रिया