पृथक भूमिकामा प्रदीप

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका नायक प्रदीप खड्का एकपछि अर्को खाले फरक भूमिकामा देखिन थालेका छन् । १० जेठमा रिलिज हुने चलचित्र ‘पुजार सार्की’का अभिनेता उनको सर्वत्र चर्चा भइरहेको छ । प्रदीप नै अब अन्तरिक्ष यात्री बन्ने भएका छन् । उनले अभिनय गर्न लागेको चलचित्र ‘एक्लो–१’मा उनले प्रमुख भूमिका निभाउँदै छन् ।

साई–फाई श्रेणीमा बन्ने सो चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ जसमा अन्तरिक्ष यात्री राखिएको छ । चलचित्रमा प्रमुख भूमिका खड्काको भएको कारण पोस्टरमा देखिएका अन्तरिक्ष यात्री प्रदीप नै हुन सक्छन् । प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो चलचित्र तीन शृंखलामा निर्माण हुनेछ । यसमा प्रदीपको जोडी अभिनेत्री बेनिशा हमालसँग बाँधिनेछ । यसमा सुनील थापा, विजय लामा, दिया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्र सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ । अहिले सेट डिजाइन र प्रि–प्रोडक्सनको काम भइरहेको आगामी वर्षको साउन अन्तिम साताबाट छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया