काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्याे, पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । शनिबार बिहान बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५, सिमलधारबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा एक बालिकासहित तीन महिला र दुई जना पुरुष छन् । दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको शव प्रहरीले नदीबाट बाहिर निकालिसकेको डीएसपी भण्डारीले बताए ।

उनका अनुसार मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया