राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्यांकनको विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले शुक्रबारर प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ’, राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया