एमाले पाँचथरको ९औँ जिल्ला अधिवेशनकाे तयारी पूरा

पाँचथर । नेकपा एमालेको ९औँ जिल्ला अधिवेशन तयारी पूरा भएको छ । अधिवेशनमा आठवटै नगर सहित गाउँपालिका बाट ४ सय बढी प्रतिनिधिहरू सहभागि हुने जनाइएको छ । शनिबार फिदिममा हुने अधिवेशनलाई एमाले केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल, स्थाइ कमिटी सदस्य शेरधन राइ, पाँचथर इञ्चार्ज तिलकुमार मेन्याङबो, केन्द्रीय सदस्यलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटाले बताए ।

जिल्ला अधिवेशन तयारी पूरा भएको र अधिवेशन शनिबार दिनको १२ बजेबाट उद्योग वाणिज्य संघको सभा हलमा हुने उप सचिव पृथ्वी लावतीले जानकारी दिए । अधिवेशनबाट जिल्ला नेतृत्व सहमतिमै टुंग्याउने बताइएको छ ।

प्रतिक्रिया