पानासोनिक एयर कन्डिसनरमा छुट

काठमाडौं । पानासोनिकको एयर कण्डिसनरले छुटको अफर ल्याएको छ । नेपालका लागि अधिकृत वितरक त्रिवेणी ग्रुपले सो एयरकण्डिसनमा ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ ।

जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ । ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया