आगलागी पीडितलाई महालक्ष्मी बैंकको राहत

काठमाडौं । महालक्ष्मी विकास बैंकले यहीं बैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका ६ मा आगलागीका कारण घरबारविहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ ।

बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहीे २ लाख पचास हजार रुपैँया बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० काटुन चाउचाउ लगायतका खाद्यान्नहरु सहयोग गरेको हो ।

बैशाख १५ गते मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिप चन्द« पोखरेलले जनकपुर शाखाका कर्मचारीहरुको सहभागितामा पिडित परिवारहरुलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया