गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा ग्यारेज मेकानिक्ससँग छलफल

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने नेपाल ल्युब आयलले सोलाबाङ, रुकुम पश्चिम र श्रीनगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्ससँगको भेटघाट तथा छलफल कार्यक्रम गरेको छ ।

नेपाल ल्युब आयलले रुकुम पश्चिम र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा सम्पन्न भएको थियो । नेपालका ग्रामीण र शहरी दुवै क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सको सल्लाह र सुझाब लिई उनीहरुको सीप विकास गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपाल ल्युब आयलका डिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फका विभिन्न उत्पादनबारे जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा बताएका थिए ।

प्रतिक्रिया