एभरेष्ट बैकको वित्तीय साक्षरता

काठमाडौं । ग्लोबल मनी वीकको अवसरमा एभरेष्ट बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीलाई वित्तीय शिक्षाको महत्व जागरण गराएको दावी गरेको छ । कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा पनि जानकारी दिइएको छ ।

प्रतिक्रिया