सुजुकीको नयाँ वर्ष योजना

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाइल्सले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले ल्याएको ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ वा स्क्रयाच कार्डमार्फत नगद छुट पाउनेछन् । यसैगरी एक लाख रुपैयाँसम्म एक्कासी वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजारको प्रचलित मुल्याकंनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ वा शून्य प्रतिशत ब्यादरमध्ये जुन ठिक लाग्छ सोही अनुसार प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ । बहुराष्ट्रिय कम्पनी सुजुकीले सन १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ । सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र बस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्याती प्राप्त छ । यो योजना चैत १४, २०८० देखि जेठ १८, २०८१ साल सम्म लागु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया