गरिमा विकास बैंकको सीईओमा उपाध्याय

काठमाडौं । गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । वैशाख १ गतेदेखि लागू हुने गरी चारवर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापनाकालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

उनी बैंकिङ् क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन–प्राध्यापन पेशामा संलग्न थिए ।

यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुनेछ ।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया