चेन्नाईको सानदार प्रदर्शन जारी

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किङ्सले दोस्रो जित हात पारेको छ । मंगलबार राती भएको खेलमा चेन्नाइले गुजरात टाइटनलाई ६३ रनले पराजित गरेको हो । चेन्नाइले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरात ८ विकेट गुमाउँदै १४३ रनमा सीमित भएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ऋद्धिमान साह र डेभिड मिलरले समान २१–२१ रन बनाए । गुजरातका कप्तान शुभमन गिल ५ बलमा ८ रन बनाएर आउट भएपछि उसको ब्याटिङ लाइन धरापमा परेको थियो ।
गुजरातलाई सस्तैमा समेट्न चेन्नाईका लागि दीपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले समान दुई विकेट लिए । डेरिल मिचेल र माथिशा पाथिरानाले एक–एक विकेट हात पारे ।

पाण्डेले ४ ओभरमा २१ रन खर्चे । साथै चहरले ४ ओभरमा २८ रन खर्चेका थिए । उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई चेन्नाईले ६ विकेटको हराएको थियो । गुजरातसँगको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले ६ विकटको क्षतिमा २०६ रनको विशाल योगफल खडा गरेको थियो । चेन्नाईका लागि शिवम दुबेले अर्धशतक बनाए । उनले २३ बलमा ५ छक्काको मद्दतमा ५१ रन जोडे । कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रको समान ४६–४६ रनको योगदान रहेको थियो । गुजरातका लागि रासिद खानले दुई विकेट लिए भने साई किशोर, स्पेन्सर जानसन र मोहित शर्माले समान एक–एक विकेट हात पारे ।

यस सिजनमा सानदार प्रदर्शन गरेका रचिनले २० बलमा ४६ रन जोडे । उनले ६ चौका र तीन छक्का प्रहार गरे । गाइक्वाडले ३६ बलमा ४६ रन प्रहार गरे । गुजरातलाई हराएको चेन्नाई आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उद्घाटन खेलमा चेन्नाईले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नाईले ६ विकेटको जित हात पारेको थियो ।

पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै दुई अंक जोडेको हो । कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादमाथि चार रनको रोमाञ्चक जित हात पारेर दुई अंक जोडेको हो । आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनले हराएकोे थियो । आइतबारको दोस्रो खेलमा मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुआत गरेको थियो । सोमबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकाल्दै दुई अंक जोडेको छ ।

प्रतिक्रिया