फोन पे र जिएलएन कम्पनीबीच सम्झौता

काठमाडौं । फोन पे र जिएलएन इन्टरनेसनल कोरियाबीच सम्झौता भएको छ । नेपाल र कोरियाबीचको क्रस–बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

यो एमओयुको आधारमा दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस–बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने उल्लेख छ । फोनपे र जिएलएनको सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकले नेपालमा क्युआर भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया