कृषि विकास बैंकको विद्यार्थीसँग बैंकिङ कार्यक्रम

काठमाडौं । कृषि विकास बैंकले ग्लोबर मनी विकको अवसरमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई बैंकिङ शिक्षा र वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

त्यस क्रममा बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानी, पारिवारिक खर्चको लेखापालन लगायतका विषयमा जानकारी दिइएको थियो ।

त्यसैगरी विद्युतीय बैंकिङ कारोबार गर्दा अपनाउनुपर्ने सावधानीजस्ता विषयमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यको भूमिकाका बारेमा पनि बैंकले विद्यार्थीलाई जानकारी गराएको छ ।

प्रतिक्रिया