हिमालयन लघुवित्तको वित्तीय सचेतना

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कम्पनीका ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयले युवा लक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी ¥यालीसमेत आयोजना गरेका थिए । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवं स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता सञ्चालन गरिएको हो । कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया