रमेश खरेलले छाडे रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य रमेश खरेलले पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए । आफूले चलाउँदै आएको टेलिभिजन शोमा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको थियो ।

पार्टीले स्पष्टीकरण सोधेपछि खरेलले बुधबार राजीनामा दिएका हुन् । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले खरेलको राजीनामा आएको जानकारी दिए ।

२०७९ को निर्वाचनमा काठमाडौँ–१ मा स्वतन्त्र चुनाव लडेका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदवार बनेका थिए । सो निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

प्रतिक्रिया