सत्ता गठबन्धनको न्यूनतम साझा संकल्प सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सत्ता गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता साझा संकल्प सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारको न्यूनतम नीतिगत प्राथमिकता साझा संकल्प सार्वजनिक गरिएको हो ।

गठबन्धनको तर्फबाट गठन १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले पाँच दलको साझा प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

नयाँ समीकरण बनेपछि गठित सरकारले गर्ने अर्थतन्त्र सुधार, सुशासनदेखि नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने उनले बताए ।

पूर्णपाठ

प्रतिक्रिया