पालिका कप क्रिकेट : बौधिमाई र दुर्गाभगवती विजयी

रौतहट । रौतहट जिल्लाको गौरमा जारी रहेको पालिका कप क्रिकेट प्रतियोगितामा आइतवार भएको २ खेलमा बौधिमाई नगरपालिका र दुर्गाभगवती गाउँपालिका विजयी भएको छ । आइतबार बिहान भएको खेलमा दुई विकेटले राजदेवी नगरपालिकालाई हराउँदै बौधिमाई नगरपालिका र देवाही गोनाही नगरपालिकालाइ ७ विकेटले हराउँदै दुर्गा भगवती गाउँपालिका विजयी भएको हो ।

दोस्रो जितसँगै दुर्गा भगवती प्रतियोगिताको दोस्रो चरणमा समेत प्रवेश गरेका छन् । पहिला ब्याटिङ गरेको राजदेवी नगरपालिकाले १४ ओभरमा १० विकेट गुमाउँदै ६७ रनको सामान्य स्कोर खडा गरेकोमा ६८ रनको लक्ष्य पूरा गर्नका लागि बवाफी ब्याटिङ गर्न उत्रेको बौधिमाई नगरपालिकाले ८ विकेटको क्षतिमा लक्ष्य पूरा गरेका हुन् ।

दिउँसो भएको भएको खेलमा पहिला ब्याटिङ गरेको देवाही गोनाही नगरपालिका १६ ओभर पाँच बलमा १० विकेटको क्षतिमा ६९ रनको स्कोर बनाएको थियो ।

जितको लागि ७० रनको लक्ष्य पाएको दुर्गा भगवती गाउँपालिकाले ११ ओभर चार बल खेल्दै तीन विकेटको क्षतिमा ७२ रन बनाएर ७ विकेटले खेल जितेको आयोजक संस्था रौतहट जिल्ला क्रिकेट संघका प्रेस संयोजक प्रवीण टिबडेवालले जानकारी दिए ।

प्रतिक्रिया