सकियो भूकम्प प्रभावित युवाहरुका लागि डकर्मी तालिम

बझाङ । बझाङ जिल्लामा भूकम्प प्रभावित युवाहरुका लागि सातदिने डकर्मी तालिम सकिएको छ । मंगलबार केदारस्यु गाँउपालिकाको झोतामा उक्त कार्यक्रम समापन भएको हो ।

दलित सहयोग समाज र वल्र्डभिजन ईनटरनेशनल नेपालको आर्थिक सहयोगमा केदारस्यु गाँउपालिका भित्रका सातवटै वडाहरुमा गाँउघरमा डकर्मी काम गर्दै आएका तर भूकम्प प्रतिरोधी घर कसरी बनाउने भन्ने सीप–ज्ञान नभएकाहरुलाई भूकम्प प्रतिरोधी घर बनाउन र सीप प्रदान गरीएको दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकले जानकारी दिए ।

अध्यक्ष विकले सातदिने तालिमबाट सहभागिहरुले गाँउघरमा रहेर घर बनाउँदा भूकम्प प्रतिरोधि घरबनाउनुपर्छ भन्ने जनचेतना जगाउन र जिविकोपार्जन लगायतका कामहरु पनि सहज ढंगले हुने बताए ।

नेपाल सरकारले भवन निर्माण निर्देशिका लागु गरिसकेको हुँदा आफूहरुले तालिममा पनि सहभागीहरुलाई भूकम्प प्रतिरोधी घर कसरी बनाउने, जग बनाउँदा जाली कसरी बनाउने, पिल्लर घरको छत ढलान कसरी बनाउने घरको ढोका झ्याल कुन ठाँउमा राख्ने बालुवा सिमेन्ट कति राख्नेलगायतका कुराहरु समेटेको उनले बताए । कार्यक्रममा सातवटै वडाका ३० भन्दा बढी डकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया