चौरजहारीले पायाे उत्कृष्ट नगरपालिकाको पुरस्कार

चौरजहारी । नेपाल नगरपालिका संघको ३१औँ स्थापना दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको छ । नगरपालिका संघको दिवसको अवसरमा चौरजहारी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८० प्रदान गरिएको हो ।

आर्थिक वर्ष ०७९/०८० मा वन, वातावरण, जलवायु परिवर्तन र उत्थानशीलता क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भनि सोको उच्च मूल्याङ्कन गर्दै चौरजहारी नगरपालिकालाई उत्कृष्ट नगरपलिका पुरस्कार प्रदान गरिएको हो ।

संघले काठमाडौं मा आयोजना गरेको समारोहका बिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीलाई सम्मानसहित पुरस्कार प्रदान गरेका हुन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया