रुकुम पश्चिममा प्रेस प्रतिनिधि वितरण तथा अनलाइन सञ्चार माध्यम दर्तासम्बन्धी घुम्ती शिविर

रुकुम पश्चिम । रुकुम पश्चिममा सूचना विभागद्वारा आयोजित तीनदिने घुम्ती शिविर (आज) मंगलबारदेखि सुरु भएको छ । जिल्लाको चौरजहारी नगरपालिकास्थित होटल मिड भ्याली भ्युमा सुरु भएको घुम्ति शिविर तीन दिनसम्म चल्ने नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जनाएको छ ।

पत्रकार महासंघ रुकुम पश्चिमको सहकार्य र सूचना विभागको आयोजनामा शिविर सुरु भएको हो । शिविररमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता, दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिमसमेत दिइने आयोजकले जनाएको छ ।

रुकुम पश्चिम, सल्यान र जाजरकोटका पत्रकार, सञ्चार माध्यम लाभान्वित हुने आयोजकले जनाएको छ । उक्त घुम्ती शिविरमा सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपाल, निर्देशक भरत गौतम, रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त र तीनवटै जिल्लाका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया