नेपाल इस्लामिक एकेडमी विवादमा

वीरगञ्ज । बाराको कलैया–१८ मा रहेको नेपाल इस्लामिक एकेडेमीको विवादलाई लिएर सोमबार दाताकर्ता करमुल्लाह मन्सुरले नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार समेलन गराएका छन् ।

कुबेतको शिक्षा मन्त्रालयअन्तर्गत रहेर शिक्षण पेसामा लगेका उनी राम्रो आम्दानी गर्ने गरेका थिए । आफ्नै देशमा केही गर्नुपर्छ भनेर उनले आफ्नो बुबाको नामबाट एक बिघा जग्गामा नेपाल इस्लामिक एकडेमी स्कुलको स्थापना गराएका थिए । उक्त स्कुलमा उनले दाताको रूपमा ३० कोठा र एउटा मस्जिद पनि बनाउन लगाए । मुस्लिम महिलाहरूलाई आफ्नै गाउँमा धार्मिक शिक्षा सँगसँगै अंग्र्रेजी शिक्षाको विकासका लागि उक्त स्कुलको स्थापना गराएका थिए ।

अहिले विभिन्न षड्यन्त्रमार्फत आफूलाई फसाउने काम भएको उनले बताएका छन् । बुबाको नाममा रहेको उक्त एकेडेमीलाई लिएर उनका आफन्तले फसाउन खोजेको उनले बताएका छन् । नेपाल इस्लामिक एकेडेमी नियमित रूपमा सञ्चालन गराउन उद्देश्यले आफूले सुपर इँटाको स्थापना गरेको र उक्त व्यवसायबाट केही हिसा एकेडेमीको विकासका लागि खर्छ गर्दै आएको उनले बताए ।

इँटाभट्टा सञ्चालनका लागि लक्ष्मी बैंकमार्फत विभिन्न मितिमा ऋण लिएको र समयसमयमा ब्याज पनि तिर्दै आएको उनले सुनाए । तर कोभिडको समयमा र मौसमको कारण इँटाभट्टी सञ्चालनमा कठिनाइ आएको थियो ।

त्यस्तै आफू केही समयका लागि विदेशमा भएको समयमा बुबालाई फकाई आफ्नै भाइले षड्यन्त्र गरी उक्त एकेडेमीलाई लिलाम गराउन भूमिका खेलेको उनको आरोप छ । आफ्नो नाममा रहेको इँटाभट्टीको नाममा रहेको चेक किर्ते गरी विभिन्न मितिमा दुई करोड रुपैयाँ बराबरको चेक अरूलाई दिएको उनले बताए ।
त्यस्तै उनले पत्रकार समेलन गरी एकेडेमीका बारेमा निष्पक्ष छानबिन हुनुपर्ने, मस्जिद र नेपाल इस्लामिक एकडेमी भएको ठाउँको जमीन बुझ्नुपर्ने, उक्त भवन र जग्गामा तत्काल निषेधाज्ञा लगाउनुपर्ने, षड्यन्त्रकारीलाई झिकाइ सजाय दिनुपर्ने, मस्जिद र नेपाल इस्लामिक एकडेमी उक्त संस्थाको नाममा जग्गा भवनसहित रजिस्ट्रेसन हुनुपर्ने लगायतको माग गरेका छन् ।

प्रतिक्रिया