प्याजसहित पिकअप पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । पर्सा प्रहरीले प्याजसहितको पिकअप नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलस्थित सडकखण्डमा भारतबाट भन्सार छलेर नेपालतर्फ भित्र्याइएका ६० बोरा २८८० किलो प्याजसहित प्रदेश २–०३–००१ च ३३०४ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।

प्याज पिकअप गाडीमा लोड गरी वीरगञ्जबाट अन्यत्र स्थानमा लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त पिकअपसहित २८८० किलो प्याज १६ लाख १५ हजार २०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको प्याज र पिकअप थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया