प्रहरीद्वारा भन्सार छलेर ल्याएको खाद्यान्न सामग्रीहरु बरामद

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलेर ल्याएको खाद्यान्न सामग्रीहरु बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १६ ईदगाह चोकस्थित सडकखण्डमा भारतबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएको खाद्यान्नलगायतका सामग्रीहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज घण्टाघरतर्फ ल्याउँदै गरेकोमा अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीलाई देख्नासाथ बोकेर ल्याएको सामग्रीहरु छाडेर फरार भएका थिए ।

उक्त सामग्रीहरु जस्तैः (चिनी ५६३ किलो, खजुर१९ किलो, डिउ १६ पिस, सुजी ३५ किलो, जुत्ता ४० जोर गरी एक लाख २६ हजार १०५ रुपैयाँको खाद्यान्न सामग्रीहरू बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया