चार किलो गाँजासहित एक जना पक्राउ

रौतहट । प्रहरीले चार किलो गाँजासहित एक जनालाइ पक्राउ गरेको छ । रौतहट जिल्लाको गुजरा नगरपालिका– ४ स्थित लाल बकैया खोला नजिकबाट प्रहरीको गस्ती टोलीले एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी हरिनगरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बारा करैयामाई गाउँपालिका– १ हरैया टोल निवासी ३५ वर्षीय हबीब अन्सारीलाई चारकिलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् ।

अन्सारीले बोकेको झोला शंका लागेर प्रहरीको टोलीले चेकजाँच गर्दा उक्त झोलाभित्र चार किलो गाँजा फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया