चुकुन्दर बोकेको पिकअप पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । चुकुन्दर बोकेको एक पिकअपलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल वीजकभन्दा बढी चुकुन्दर बोकेको माल बाहक पिकअपलाइ जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाडांैतर्फ जाँदै गरेको उक्त पिकअपलाई सूचनाको आधारमा गण्डक चोक स्थितमा नियान्त्रणमा लिइएको थियो । प्रदेश ३–०१–०२४ च ३५८९ नम्बरको सो पिकअपमा रहेको चुकुन्दरमा बिल वीजक शंकास्पद देखिएको हुँदा ३४ हजार ८ सय रुपैयाँ बराबरको चुकुन्दर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नियन्त्रणमा लिएको चुकुन्दर बोकेको पिकअपलाइ थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया