धोबिनीमा दादुरा–रुबेला खोप अभियानसम्बन्धी अभिमूखीकरण

पर्सा । पर्साको धोबिनी गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान २०८०–८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त कार्यक्रममामा स्वास्थ्य प्रमुख सञ्जय यादवले दादुरा–रुबेला खोप अभियानबारे जाकारी गराएका थिए ।

दादुर–रुबेला खोप ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने गरिन्छ । उनले जुन बालबालिकाहरु ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरु डि. पि. टी, बि. सि. जी र पि. सि. भि खोप लिन छुटेका बालबालिकाहरुलाई दिन मिल्ने उनले बताए ।

उनले दादुरा–रुबेला खोप धोबिनी गाउँपालिकाभरी फागुन १३ गतेदेखि ९ दिनसम्म खोप चल्ने जानकारी गराएका छन् । अभिमूखकरण कार्यक्रममा वडाध्यक्ष अबास मियाँको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा वडा सदस्य कमल ठाकुर, मदन फौदार, कार्यपालिका सदस्य, स्वास्थ्य सहसंयोजक श्री राम यादव, सचिव प्रदिप पटेल, स्वास्थ्य चौकी लंगडीका प्रमुख मन्नु पटेल, जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया