रविदास महाराजको जन्म जयन्तीमा बिदाको पहल गर्ने सांसद साहको प्रतिबद्धता

मधेस । रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद किरण साहले सन्त शिरोमनी रविदास महाराजको जन्न्म जयन्तीमा बिदा स्वीकृतीको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । रौतहटमा सन्त शिरोमनी दासको ६४७औँ जन्म जयन्ती मनाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि रहेका उनले सो प्रतिबद्धता जनाएका हुन् ।

जिल्लाको मौलापुर नगरपालिका– ६ स्थित पथरा टोलमा रहेको कबिरहामा भएको कार्यक्रममा उनको जन्म दिवस मनाइएको हो । प्रमुख अतिथिको रुपमा बोल्दै सांसद साहले भने, ‘रवि दास महाराज जि को थिए ? उनी के चाहन्थे ? उनको लक्षय उदेश्य के थियो ? हामी यस जन्म जयन्तीमा त आइसकेका छौँ, तर उनको जिवनी कथा पढ्नु र बुझ्नु जरुरी छ, आज समाजको आवश्यकता पनि यही हो ।’

उनले थपे, ‘समाजिक अन्याय अन्त्य गर्ने र सुसाशन ल्याउने उनको संकल्प थियो, त्यो संकल्पलाई हामीले पूरा गर्नु पर्दछ, जातीय शोषणलाइ अन्त्य गर्ने जुन उहाँको अठोट थियो, त्यसलाई अझै हामीले पूरा गर्न सकेका छैनौँ, यसमा हामी लाग्नुपर्छ ।’ कार्यक्रममा उनले आफूले चमार समाजलाई अगाडि बढाउने काम गर्दै आएको बताए ।

जसको प्रत्यक्ष उदाहरणको रुपमा आफ्नो वडामा वडाध्यक्षको रुपमा चमार समाजको प्रतिनिधित्व हुने गरी कृष्नन्दन रामलाई निर्वाचित गराएको उनले सुनाए । सांसद साहले भने, ‘धेरै मान्छेहरुले उनको बारेमा अनेक किसिमको कुरा गरे तर म एक कदम पनि पछाडि हटिन, उहाँलाइ नै टिकट दिइ जित दिलाउन पनि अहम योगदान गरेँ, फलस्वरुप आज चमार समुदायको प्रतिनिधित्व हुन पाएको छ ।’

उनले थपे, ‘रविदास महाराजको प्रचलित कहावत ‘मनमे चंगा त कठौतीमे गंगा’ यो भनाइलाई व्यवहारमा लागू गर्न सक्नुपर्छ र उहाँले देखाएको बाटोमा हामी हिँड्नुपर्ने आजको आवश्यकता हो ।’अन्त्यमा उनले रविदास महाराजको जन्म जयन्तीको बारेमा बृहत् रुपमा अध्ययन गरी संसदमा मात्र आवाज उठाउने मात्र नभइ बिदा स्वीकृत दिलाउन पनि आफ्नो तर्फबाट हकदम पहल प्रयास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह, चमार कल्याण समाज रौतहटका अध्यक्ष धर्मेन्द्र राम, राजपुर नगरपालिका– ५ का वडाध्यक्ष कृषनन्दन राम, रामज्ञा रामलगायतको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया